नेपाल कृषि मेशिनरी व्यवसायी संघ
Nepal Agricultural Machinery Entrepreneurs’ Association (NAMEA)

दशौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

दशौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

thasha-va-ra-shha-ka-sa-thha-ranae-sabha-sama-bna-thha-sa-cana
Event

२०८२/११/२९

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA)को दशौं वार्षिक साधारण सभा

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA)को

दशौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

सूचना प्रकाशित मितिः २०८२/११/२९ 

 

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA) को दशौं वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा बस्ने भएकाले संघको विधानको परिच्छेद ६ बमोजिम सबै सदस्यहरुलाई सहभागिताका लागि जानकारी पठाएका छौं । यसै सूचनालाई आधार मानी उक्त वार्षिक साधाराण सभामा उपस्थित हुनका लागि अनुरोध गर्दछौं । 

 

साधारण सभा हुने मिति, स्थान र समय

मितिः २०८२ चैत्र १४ गते, शनिवार

स्थानः होटल हिमालय, कुपण्डोल हाइट, सहिद शुक्र मार्ग, ललितपुर

समयः विहान ठीक १०ः०० बजे

सम्पर्क नंः ९८५१३३१७५८

 

साधारण सभामा छलफल हुने विषयहरू

१. वार्षिक कार्यक्रम प्रतिवेदन

क) आ.व. २०८१/०८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत तथा पारित ।

ख) आ.व. २०८२/०८३ को लागि भावि कार्ययोजना प्रस्तुत तथा पारित ।

२. आर्थिक प्रतिवेदन

आ.व. २०८१/०८२ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत तथा पारित ।

आ.व. २०८२/०८३ को निमित्त लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण ।

३. विविध

 

नोटः

सदस्य महानुभावहरुले साधारण सभा अगावै आफ्नो सदस्यता नविकरण गर्नुहुन अनुरोध छ साथै सदस्य महानुभावहरुले संस्थाको प्रतिनिधित्व जनाउने पत्र र व्यक्तिगत परिचय पत्र साथमा लिई आउनुहुन अनुरोध छ । 

 

अर्जुन प्रसाद लुईटेल (महासचिव)

सम्पर्क नं. : ९८४७५१३६७०

 

नेपाल कृषि मेशिनरी व्यवसायी संघ

Nepal Agricultural Machinery Entrepreneurs’ Association (NAMEA)

केन्द्रीय कार्यालयः सीतापाइला, काठमाडौं, नेपाल

सम्पर्क नंः ९८५१३३१७५८

ई–मेलः namea2015gmail.com

Website: www.nameanepal.org.np