नेपाल कृषि मेशिनरी व्यवसायी संघ
Nepal Agricultural Machinery Entrepreneurs’ Association (NAMEA)

प्रेस नोट- छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी—२०८२

प्रेस नोट- छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी—२०८२

pa-ra-sa-na-ta-chha-tha-ra-shha-ta-ra-ya-ka-shha-ya-na-ta-ra-karanae-pa-rathara-shana
News

2082-05-02

छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी—२०८२ भृकुटीमण्डप प्रदर्शनी हल, प्रदर्शनी मार्ग, काठमाडौं २०८२ मंसिर १२, १३ र १४ गते (November 28-30, 2025)

मितिः २०८२/०५/०२

 

छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी२०८२

भृकुटीमण्डप प्रदर्शनी हलप्रदर्शनी मार्गकाठमाडौं

२०८२ मंसिर १२१३ र १४ गते (November 28-30, 2025)

 

प्रेसनोट

      नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA), नेपालमा कृषि यान्त्रिकरण तथा प्रविधि सम्बन्धि व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई समेटी नेपालको कृषि यान्त्रिकरण प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले वि.स. २०७१ सालमा स्थापना भएको गैर नाफामुलक सामाजिक संस्था हो । कृषकहरुलाई आधुनिक कृषि यन्त्रउपकरण तथा प्रविधिहरुका बारेमा जानकारी गराउने उद्देश्यले नेपाल सरकारको कृषि विभाग अन्तरगत रहेको तत्कालीन कृषि ईन्जिनियरिङ्ग निर्देशनालयले प्रथम राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी२०७०चितवनको भरतपुरमा आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको थियो । त्यसपश्चात कृषि यान्त्रिकरण प्रदर्शनीलाई निरन्तरता दिदै नेपाल सरकारको विभिन्न निकायहरु र NAMEA को संयुक्त सहकार्यमा हाल सम्म पाँच पटक राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनीएक पटक प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी साथै एक पटक अन्तराष्ट्रिय एग्रीटेक प्रदर्शनी सम्पन्न भईसकेको छ ।

      यसै सन्दर्भमा नेपाल सरकारको संघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको कृषि विभाग मातहतको कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द« (CAIDMP), हरिहरभवनललितपुर र नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA) को संयुक्त आयोजनामा आगामी मिति २०८२ मंसिर १२१३ र १४ गते (November28-302025) सम्म कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि” भन्ने मुल नाराका साथ छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी२०८२ भृकुटीमण्डप प्रदर्शनी हलप्रदर्शनी मार्गकाठमाडौंमा आयोजना हुन गईरहेको छ । नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकरणऔद्योगिकरणआधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पु्र्याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषिपशुपन्छीपालनमत्स्यपालनपुष्प खेतीव्यवसायीक तरकारी खेतीसिँचाईपोष्ट हार्भेष्ट र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्रउपकरण तथा प्रविधिका सामाग्रीहरु साथै बीउविजनहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित उत्पादक तथा विक्रेताहरुको सहभागिता रहनेछ ।

विगतका आयोजना गरिएका प्रदर्शनीहरुः

Ø  प्रथम राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७०चितवन

Ø  दोस्रो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७२कोहलपुर

Ø  प्रथम अन्तराष्ट्रिय एग्रीटेक प्रदर्शनीकाठमाण्डौ२०७३

Ø  तेस्रो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी२०७४धरान

Ø  चौथो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी२०७६चितवन

Ø  पाँचौ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७८चितवन

Ø  प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी २०८०पोखरा

प्रदर्शनीको उद्देश्य

Ø  एकै थलोमा विभिन्न आधुनिक कृषिपशुपन्छीपालनमत्स्यपालनसिंचाईकोल्ड स्टोरपोस्ट हार्भेष्टप्रशोधनका यन्त्र तथा उपकरणहरु र तरकारी खेतिपुष्पनर्सरी सम्बन्धि प्रविधि एवम् बिउबिजन साथै कृषि तथा पशुपन्छी सम्बन्धी सेवाहरुका बारे जानकारी गराउन

Ø  उपभोक्ता तथा नीति निर्माताहरुलाई कृषि यान्त्रिकरण सम्बन्धि नविनतम प्रविधिहरुको जानकारी गराउन

Ø  कृषि यन्त्र तथा उपकरणहरुको प्रचार प्रसारमा वृद्धि गरी कृषि यान्त्रिकरण प्रवद्र्धनमा सहयोग पुर्याउन

Ø  कृषि यान्त्रिकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पुर्याउन

Ø  कृषि यान्त्रिकरण व्यवसायी र उपभोक्ताहरु बीच समन्वय गर्न

Ø  व्यावसायीक कृषि प्रणाली सम्बन्धी चेतना अभिवृुद्धि गर्न तथा लगानीको अवसर सिर्जना गर्न

Ø  कृषि यन्त्र तथा प्रविधि सम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादकआयातकर्तावितरकसेवा प्रदायकनीति निर्माताकृषि विज्ञ र कृषक बीच समन्वय र सहकार्यको वातावरण सृर्जना गर्न ।

प्रदर्शनी स्थल : भृकुटीमण्डप प्रदर्शनी हलप्रदर्शनी मार्गकाठमाडौं

प्रदर्शनी मिति : २०८२ मंसिर १२१३ र १४ गते (November 28-30, 2025)

आयोजक :

१. नेपाल सरकारकृषि तथा पशुपन्छी विकास मन्त्रालयकृषि विभागकृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र (CAIDMP), हरिहरभवनललितपर

२. नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA)

 

लक्षित प्रदर्शनीकर्ता :

Ø  कृषि औजाररउपकरणहरुको उत्पादकउद्यमीआयातकर्तावितरकडिलरसव(डिलरहरु तथा अन्य व्यवसायीहरु,

Ø  सरकारी एवं गैह्र सरकारी संघ संस्थाहरु,

Ø  शैक्षिक संस्थाहरु

Ø  अनुसन्धानात्मक संस्थाहरु,

Ø  कृषक समुह तथा सहकारी संस्थाहरु,

Ø  बैंक तथा वित्तीय संस्थाहरुआदी

लक्षित अवलोकनकर्ता :

Ø  सर्वसाधारण जनमानस,

Ø  कृषककृषक समुहकृषि सहकारी संस्थाहरु

Ø  विद्यार्थीशिक्षकअनुसन्धानकर्ता तथा बैज्ञानिकहरु

Ø  उद्यमी व्यवसायी,

Ø  सरकारी एवं गैह्र सरकारी संस्थाहरु,

Ø  नीति निर्माताआदी ।

अवलोकनको लागि प्रवेश शुल्क : निःशुल्क

प्रदर्शनीको आकर्षणहरुः

Ø  प्रदर्शनीकर्ता : करिव १५०

Ø  स्टल संख्या : करिब २०० भन्दा बढी । (करिब २० मुलुकका२००० भन्दा बढी प्रकारका कृषि औजार उपकरणयन्त्र तथा प्रविधिहरु हुने )

Ø  नेपाल कृषि मेशिनरी व्यवसायी संघका सदस्यहरुलाई विशेष छुटको व्यवस्था

बुकिङ्ग खुल्ला हुने मिति : २०८२ भाद्र ०४ गतेबुधबार ।

पत्रकारबाट अपेक्षाः

     यहाँहरुको सञ्चार माध्यम बाट प्रदर्शनी सम्बन्धी प्रचार प्रसार भई बढी भन्दा बढी प्रदर्शनीकर्ता र अवलोकनकर्ताको सहभागीताको अपेक्षा सहित सो प्रदर्शनी अवलोकनको लागि समेत विनम्र अनुरोध गर्दछौं ।

थप जानकारीका लागि सम्पर्क :

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA),

सितापाइलाकाठमाडौं

फोनः +९७७९८४७५१३६७०, +९७७९८५१३३१७५८

इमेलः namea2015@gmail.com

वेबसाइटः www.nameanepal.org.np